Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार ७.३८ अंकले घट्यो नेप्से परिसूचक, बजार २६२१.२९ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५२ कम्पनीको १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा दोल्ती पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, मुक्तिनाथ म्युचुअल फण्ड-२ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK