Skip to content
LAXMI SUNRISE BANK

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गका लागि एन-ट्याग कुमारी बैंकमा उपलब्ध

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन-ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।

एन-ट्याग एक विद्युतीय टोल भुक्तानी प्रणाली हो । जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ । अर्थत, एन-ट्यागको स्टिकर सवारिमा टासेपछि एन-ट्यागबाट आफैँ रकम कट्टा भई सुरुङमार्गहुँदै यात्रा गर्न सकिनेछ जसले टोलमा हुने भीडभाड र लामो लाइनको झन्झट कम हुनेछ र यात्राको समय पनि बचत गर्नेछ ।

ग्राहकहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरका साथ नजिकको कुमारी बैंक शाखाबाट सहज रूपमा एन-ट्याग प्राप्त गर्न सक्नेछन् ।

साथै, एन-ट्याग सम्बन्धी थप जानकारी कुमारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ भने उक्त वेबसाइटमार्फत नै अनलाइन एन-ट्याग दर्ता गर्ने प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।

डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीहरूलाई ‘टोलमा नरोकी, समय बचाई र थप सहज यात्रा गर्न’ कुमारी बैंकबाट आजै एन-ट्याग जडान गर्न आग्रह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK