काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन् । प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताए ।
‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो ।’, प्रधानमन्त्री मोदीले भने, ‘आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु ।’
उनले नेपाली जनताले यस वर्ष प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताका आकांक्षा र आशाको प्रतिबिम्ब भएको उल्लेख गर्दै सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने बताएका छन् ।
भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै उनले दुवै देशका खुसी र चुनौती साझा रहेको बताए । एकअर्काको प्रगतिका साझेदार तथा कठिन समयमा सहयोगी रहेको उल्लेख गर्दै उनले हालै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्