Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने ४ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङको सिद्धलेक गाउँपालिका-३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका-९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका-२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा पक्राउ परेका हुन् ।

निजहरूमध्ये विज्ञानले दु्ई जनाबाट रु १० लाख ९५ हजार, पुष्पराजले एक जनाबाट रु  पाँच लाख ३० हजार, रोशनले दुई जनाबाट रु दुई लाख ५० हजार र लीलाबहादुरले दुई जनाबाट रु पाँच लाख ५० हजार लिइ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK