Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९ सय १५ जनालाई मृत घोषणा गर्न सिफारिस

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशी बाढीमा बेपत्ता भएकाहरुलाई मृत घोषणा गर्न सिफारिस गरिएको छ । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले बेपत्ता भएका ३ हजार ९ सय १५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको हो ।

गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले ४८ जिल्लाका ३ हजार ९ सय १५ जनालाई मृत घोषणा गर्न सिफारिस गरेको हो । मृत घोषणाका लागि सिफारिस गरिएका सबै स्वदेशी हुन् ।

योसँगै अब सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपदमा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था अनुसार भोटेकोशी बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्नेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK