Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जर प्रालिको लाइसेन्स खारेज

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज भएको छ । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर-४ महेन्द्रनगरस्थित उक्त मनिचेञ्जरको लाइसेन्स खारेज गरेको हो ।

राष्ट्र बैंकका राष्ट्रिय मनिचेञ्जर प्रालि स्वयम्‌ले दिएको स्वेच्छिक निवेदनका आधारमा कम्पनीको लाइसेन्स खारेज गरिएको हो । 

कम्पनीले भारतीय मुद्रा खरिद-बिक्री कारोबार लागि पाएको लाइसेन्स खारेज गरिदिन राष्ट्र बैंकमा निवेदन दिएको थियो । 

सोही निवेदनका आधारमा ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम २२ अनुसार लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK