Skip to content
LAXMI SUNRISE BANK

एप्पलविरुद्ध ओपन एआईले हाल्यो व्यापारिक गोपनियता चोरीको मुद्दा !

अर्थ सरोकार

काठमाडौँ । ओपन एआईले एप्पलविरुद्ध प्रत्युत्तर मुद्दा दायर गरेको छ । आफ्नो व्यापारिक गोपनियता चोरेको आरोप लगाउँदै ओपन एआईले एप्पलविरुद्ध प्रत्युत्तर मुद्दा दायर गरेको हो ।

ओपन एआईले आफ्नो पूर्व कर्मचारीमार्फत एप्पलले गोप्य सूचना प्राप्त गरेको र आफ्नो भावी उपकरण निर्माण योजनामा अवरोध पुर्याएको आरोप लगाएको छ । 

यसो त ओपन एआईविरुद्ध एप्पलले यसअघि (गत जुलाई) नै गोप्य सूचना चोरी गरेको आरोपमा मुद्दा दायर गरेको थियो । एप्पलले त्यसबेला ओपन एआई र एप्पलमै काम गरिसकेका दुईजना पूर्वकर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको प्रत्युत्तरमा ओपन एआईले एप्पलविरुद्ध क्यालिफोर्नियामा मुद्दा दायर गरेको छ । उक्त मुद्दामा ओपन एआईले एप्पलले आफ्नो पूर्वकर्मचारी प्रयोग गरेर गोप्य सूचना चोरेको र आफ्ना भावी उपकरण निर्माण योजनामा काम गर्न हार्डवेयर आपूर्तिकर्तालाई निरुत्साहित गरेको आरोप लगाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK