काठमाडौँ । सेवाग्राहीसँग ‘घुस’ लिएको भिडियो सार्वजनिक भएपछि दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । बाँकेको अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।
निलम्बनमा पर्नेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीका प्रहरी जवान श्रीषराम थारु र नेपालगन्जस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्का रहेका छन् ।
उनीहरु दुवैजनालाई मंसिर ११ गतेदेखि लागू हुनेगरी निलम्बन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
उनीहरुले मंसिर ८ गते सेवाग्राहीसँग ‘घुस’ लिएको देखिने भिडियो सार्वजनिक भएको थियो । सो भिडियो भाइरल भएपछि उनीहरुलाई निलम्बन गरिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही घटनामा दुवै अस्थायी प्रहरी पोस्टका इन्चार्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गरी ३ जनालाई प्रहरी प्रधान कार्यालय झिकाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्