×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र आईएमएस सफट्वेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता

LAXMI SUNRISE BANK

सिद्धार्थ बैंक र आईएमएस सफट्वेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिदार्थ बैंकले बुधबार आईएमएस सफट्वेयरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएस सफट्वेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात् सिदार्थ बैंक र आईएमएस सफट्वेयर विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको बैंकले जनाएकाे छ ।
डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्युआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको बैंकले बताएकाे छ । यसै गरी, आईएमएसले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गर्दै आईरहेकाे छ ।
यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने विश्वास आफुहरुले लिएकाे बैंकले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी