
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संघीय संसद राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाहरुले आयुर्वेद अस्पताल, फर्मेसी लगायतको विकास र विस्तार नगरीकन विश्वविद्यालय खोल्नुको औचित्य नहुने बताएका छन् । पछिल्लो समय आयुर्वेद शिक्षामा आकर्षण कम हुँदै जानुको कारण पनि प्रयाप्त आयुर्वेद हस्पिटल र रिसर्च संस्थाहरु नहुनु नै रहेकाले सबैभन्दा पहिला पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।

बासुदेव उपाध्याय, महानिर्देशक, आयुर्वेद विभाग
आयुर्वेद विभागका महानिर्देशक बासुदेव उपाध्यायले नेपालमा अहिले सम्म ३ सय ८२ वटा आयुर्वेद स्वास्थ्य संस्था रहेको तर अझैपनि १ सय आयुर्वेद विशेषज्ञ चिकित्सकहरु नरहेको बताउनुभयो । उहाँले देशभित्र प्रयाप्त आयुर्वेद अस्पताल नभएसम्म विश्वविद्यालय खोलेर मात्र आयुर्वेद शिक्षालाई अगाडि बढाउन नसकिने बताउनुभयो । उहाँले नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद कलेज सञ्चालन गरेको तर प्रभावकारी नदेखिएको बताउनुभयो । कलेज खोल्ने तर ओपीडी बाहेकको सेवा दिन सक्ने अस्पताल सञ्चालन नगरिने भएकाले योगमाया आयुर्वेद विश्वविद्यायल सञ्चालनका लागि पनि चुनौति रहेको बताउनुभयो ।

डा. राजकिशोर साह, निर्देशक, आयुर्वेद शिक्षण अस्पताल
आयुर्वेद शिक्षण अस्पतालका निर्देशक डा. राजकिशोर साहले पनि आयुर्वेद विश्वविद्यायल सञ्चालन गर्नका लागि सबैभन्दा पहिला आयुर्वेद अस्पताल, आयुर्वेद फार्मेसी, औषधी उत्पादन कम्पनी लगायतका पूर्वाधारको आवस्यकता पर्ने बताउनुभयो । विश्व विद्यालय खोल्न अनिवार्य भएपनि सरकारले पूर्वाधारको तयारी नगरीकन खोल्न नहुने बताउनुभयो । उहाँले अहिले सम्म आयुर्वेद नर्सिङको क्षेत्रमा पनि कुनै काम हुन नसकेको बताउनुभयो ।

डा. प्रदीप के.सी., निर्देशक, नरदेवी अस्पताल
नरदेवी अस्पतालका निर्देशक डा. प्रदीप के.सी.ले आयुर्वेदबाट पनि उपचार हुन्छ र ? भन्ने दृष्टिकोण परिवर्तन गर्नका लागि पनि विश्वविद्यालय खोल्नुपर्ने बताउनुभयो । उहाँले आयुर्वेद चिकित्सा शिक्षा प्रति अहिले भइरहेको दृष्टिकोण परिवर्तन गर्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने हो भने आयुर्वेद क्षेत्र धेरै माथि पुग्ने बताउनुभयो ।
छलफलमा सांसदहरुले प्राचीन दर्शनमा आधारीत आयुर्वेद क्षेत्रको विकास र विस्तरका लागि विश्वविद्यालय आवस्यक रहेको बताएका छन् । सरकारले पनि प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यबहारिक तथा व्यवसायिक बनाउने उद्देश्यका साथ योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने गरी विधेयक ल्याएको हो । विधेयकले आयुर्वेदिक चिकित्सामा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय आवस्यक रहेको भनेको छ । विश्वविद्यालयले आयुर्वेद विषयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयमा आवश्यकता अनुसार आयुर्वेद, आयुर्वेद नर्सिङ, जडिबुटि, योग शिक्षा, प्रकृतिक चिकित्सा लगायतका स्कुल कलेजहरु सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ । यस्तै आयुर्वेद अनुसन्धान केन्द्र, आयुर्वेद शिक्षण अस्पताल लागयत पनि सञ्चालन गर्न पाउने छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्