
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकसहित थप ४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्पतालमा कार्यरत दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना विशेष अस्पतालमा दुई हप्ते ड्युटी सकेर १४ दिन क्वारेनटाइनमा बसेका दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एक जना वरिष्ठ अहेवमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनले संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । यसअघि पनि असार ११ गते दुई जना चिकित्सक सहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।
उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए । यसैबीच, बुधबार कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्