×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा दुई महिना कैद र ५० लाख रुपैयाँ जरिवाना तोकिएका अभियुक्त पक्राउ, केन्द्रीय कारागार सुन्धारा पठाईयो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसुरमा दुई महिना कैद र ५० लाख रुपैयाँ जरिवाना तोकिएका अभियुक्त पक्राउ, केन्द्रीय कारागार सुन्धारा पठाईयो !

Artha Sarokar

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ५० लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो  ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका–५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । भक्तपुरका कृष्णगोपाल राजलवटको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भूपेन्द्र गोराजु भएको बैकिङ कसुरमा अदालतले विसं २०७५ चैत २४ गते गरेको फैसला कार्यान्वयन नगरी फरार रहेका थिए । 
पक्राउ परेका गोराजुलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा पेश गरी फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौँ पठाउने आदेश भएअनुसार कारागार पठाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी