×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भियतनामले लगायो चिनियाँ आल्मिनियमका उत्पादनको आयातमा थप कर

PRIME CA

भियतनामले लगायो चिनियाँ आल्मिनियमका उत्पादनको आयातमा थप कर

अर्थ सरोकार

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार

हनोइ । भियतनामले चिनियाँ आल्मिनियमका उत्पादनको आयतमा थप कर लगाएको छ । भियतनाम सरकारले करहरुको विवरणको समीक्षा गर्दै चिनियाँ उत्पादनको आयातमा लगाइएको करको दायरा बढाएको हो । भियतनाम सरकारले चिनियाँ आल्मिनियम उत्पादनको आयातमा ४.३९ प्रतिशतदेखि ३५.५८ प्रतिशतसम्म करको दायरा बढाएको हो । उक्त बढाइएको कर अप्रिल २५ देखि नै लागु भएकोसमेत जानकारी गराइएको छ ।
यसअघि सन् २०१९ मा चिनियाँ उत्पादनको आयातमा २.४९ प्रतिशत देखि ३५.५८ प्रतिशतसम्म कायम गरिएको थियो । भियतनाको उद्योग मन्त्रालयले सन् २०१९ को जनवरीदेखि नै एन्टि डम्पिंग अनुसन्धान सुरु गरेको थियो । त्यस समय विदेशबाट आयात भएका वस्तुहरुको आन्तरिक बजार प्रभावको बारेमा अध्ययन गरिएको थियो । उक्त अध्ययनको निष्कर्षमा चिनियाँ उत्पादनहरुमा करको दायर बढाउनुपर्ने उल्लेख भएपछि सरकारले एन्टि डम्पिंगको दायरा बढाएको हो । विदेशी आयातका कारण आन्तरिक बजारमा ठूलो क्षति हुने गरेकासमेत उक्त अध्ययनमा उल्लेख गरिएको छ । भियतनामले गत वर्षको डिसेम्बरमा कोइला र स्टिलको आयातमा पनि करको दायरा बढाएको थियो ।
भियतनामको चीन एक मुख्य व्यापरिक साझेदार मुलुक हो । तर पछिल्लो समय दुबै मुलुकबीच दक्षिण चीन सागर र कोरोना महामारीका कारण सम्बन्धमा समस्या पैदा भएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिकमा चीनसँगको भियतनाको व्यापार घाटा ११.७५ बिलियन अमेरिकी डलर रहेको छ । जुन गत वर्षको तुलनामा ७२.५ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांकले देखाएका छन् । यससँगै भियतनामले चीनबाट यही वर्षको पहिलो चौमासिकमा ५.५ बिलियन प्रत्यक्ष विदेशी लगानी भित्र्याएको योजना तथा लगानी मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: