- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले निष्कासन गरेको ६ वर्षे अवधिको ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ नामक ऋणपत्र निष्कासनका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
यससँगै अब बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।