
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सार्वजनिक खरिद ऐन विपरित कृषि बिकास बैंक लिमिटेडले कम बिडमा टेन्डर हालेकालाई भन्दा आफ्ना मान्छेको कम्पनीलाई टेन्डर पार्न खोजेको भन्दै कृषि बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको उपाध्यायले सुरक्षा गार्ड राख्नका लागि कम दर रेट भएका सेक्युरिटी कम्पनीलाई टेण्डर दिनेभन्दा पनि महँगो दर रेट भएका सेक्युरिटी कम्पनीलाई सेटिङमा ठेक्का दिन चलखेल भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

के छ उजुरीमा ?
उपाध्यायले जी फोर्स सेक्युरिटी, कालिञ्चोक सेक्युरिटी, गुरुड सेक्यरिटीलाई सेटिङमा ९ सय ६८ जना सुरक्षा गार्ड राख्ने ठेक्का दिन लागेको र ती कम्पनीहरुको बिड एमाउन्ट ‘लोएष्ट’ नभएको उजुरीमा उल्लेख छ । अन्य कम्पनीहरूले भन्दा धेरै दर रेट राखेर यी तीन वटा कम्पनीले टेण्डर भरेको र उनीहरुलाई नै सो टेन्डर दिन लागिएको उजुरीमा दाबी गरिएको छ । कृषि विकास बैंकले अप्रिल २७ तारिखमा सात प्रदेशका लागि ९ सय ६८ जना सेक्यरिटीको माग गरेको थियो । छ वटा क्षेत्र तोकेर बोलपत्र आह्वान गरिएको थियो ।

के भन्छ बैंक ?
यता कृषि विकास बैंकको सामान्य सेवा विभागका प्रमुख ध्रुवचन्द्र गौतमले मापदण्ड पुगेकामध्येबाट सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार टेण्डर दिइने दाबी गरेका छन् । उनले सुरक्षा गाडी राख्ने टेण्डरमा कसैको पनि दवाव नरहेको दाबी गरेका छन् । ‘टेण्डर दिने विषयमा तलमाथि भयो भने उजुरबाजुर गर्ने निकाय छ । छानविन हुन सक्छ । त्यस कारणले सार्वजनिक खरिद ऐनभन्दा बाहिर गएर कुनै पनि काम हुँदैन ।’ विभागका प्रमुख गौतमले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्