×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको १३ लाख ८० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, यी स्थानबाट भर्न सकिने

PRIME CA

समृद्धि फाइनान्सको १३ लाख ८० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, यी स्थानबाट भर्न सकिने

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता लिलामी सेयरमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले असार ३ गतेबाट उक्त सेयर लिलामीमा बिक्री खुला गरेको थियो।  जसमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
संस्थापक समूहको सेयरमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट नक्साल काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ ।
यस्तै बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट र ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असार १० गतेसम्म उक्त सेयरमा आवेदन दिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: