
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वन काठमाण्डौंबीच कोभिड-१९ अघि र पछिको सेवा सम्बन्धी सम्झौता भएको छ । निषेधाज्ञामा कम्पनीका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उदेश्यले कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत क्लिनिक वनसँग सम्झौता गरेको जनाएको छ । उक्त सम्झौता अनुसार कम्पनीसँग सम्बन्धित व्यक्तिहरुले उक्त क्लिनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरी लिन सक्नेछन् ।
कोभिड केयर सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पीसीआर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ ।यसको लागी कम्पनीले चौबिसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाइन फोन नंम्बरको व्यवस्था गरेकाे जनाएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्