- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्कोथिर रहेको छ । सोमबार प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ९ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ९३ रुपैयाँ कायम गरेको छ ।