×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

Artha Sarokar

३१ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनाका लागि मुद्दति निक्षेपको  नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ४.५१ प्रतिशत र ६ महिनामाथिको मुद्दति निक्षेपमा ६.०१ प्रतिशत ब्याज तोकेको छ ।
यस प्रकृतिको निक्षेपका लागि न्यूनतम बचत रकम ग्रामीण भेगका शाखाका लागि १० हजार र काठमाडौं उपत्यका बाहिरका सहरी क्षेत्रका शाखाका लागि ५० हजार र उपत्यकाभित्रका शाखाका लागि १ लाख रुपैयाँ बराबर तोकिएको छ ।
संस्थागततर्फको मुद्दति निक्षेपमा भने ६.०१ प्रतिशत ब्याजदर तोकिएको छ । सानिमा एनआरएन मुद्दति निक्षेपमा ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यस्तै सानिमा दीर्घायु बचत खाता, सानिमा सहज बचत खाता, सानिमा मेरो बचत खाता, सानिमा स्पेसल तलब खाता, र सानिमा दीर्घायु तलब खाताका लागि समान ३.५१ ब्याजदर तोकिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी