×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण सेञ्चुरी बैंकले २३ करोड ९८ लाख अन्तरिम लाभांश बाँड्ने

PRIME CA

यसकारण सेञ्चुरी बैंकले २३ करोड ९८ लाख अन्तरिम लाभांश बाँड्ने

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेञ्चुरी बैंक लिमिटेडले २३ करोड ९८ लाख ४० हजार अन्तरिम लाभांश वितरण गर्ने भएको छ । 
विश्वभर फैलिरहेकाे काेराेना भाइरसका कारण बैंककाे साधारणसभा स्थगित भएपछि बैंककाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ३% लाभांश दिने घाेषणा गरेकाे हाे । यसअघि बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २% बोनस शेयर र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउने बैंकले जनाएकाे छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत अर्थात २५ करोड २४ लाख रुपैयाँबाट कर कट्टी गरी बाँकी रहने २३ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्ने जानकारी दिएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: