×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सको १८ औं वार्षिक साधारणसभा असार १३ मा हुँदै, सेयरधनीलाई छैन लाभांश

PRIME CA

सिद्धार्थ इन्स्योरेन्सको १८ औं वार्षिक साधारणसभा असार १३ मा हुँदै, सेयरधनीलाई छैन लाभांश

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले १८ औं वार्षिक साधारणसभा बोलाएको छ । कोरोना भइरसका कारण स्थगित भएको वार्षिक  साधारणसभा असार १३ गते  बोलाएको हो । कम्पनीको उक्त सभा सिद्धार्थ भवन हनुमानस्थानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसअघि चैत २८ गते बोलाएको साधारण सभा कोरोनाका कारण स्थगित गरिएको थियो ।
आगामी साधारण सभामा कोरोनालाई मध्यनजर गर्दै कम्तीमा १ मिटरको सामाजिक दूरी हुने गरी हाजिरी तथा सभा स्थलमा बस्ने व्यवस्था गरिएको कम्पनीको भनाई छ । साथै, न्यूनतम सुरक्षाका उपायहरु अपनाएर सभामा सहभागी हुन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरिएको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश भने वितरण नगर्ने भएको छ । यसर्थ, यसपटक सेयरधनीको हात खाली रहनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: