Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरणको रंगेली वितरण केन्द्रका कर्मचारीविरुद्ध मुद्दा दायर, आठ लाख बढी हिनामिना गरेको आरोप !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विद्युत् महसुल हिनामिना आरोपमा नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मद्दा दायर गरेको छ।  ग्राहकले तिरेको विद्युत् महसुल हिनामिना गरेको भन्दै आयोगले मोरङको रंगेली वितरण केन्द्रका तत्कालीन हेल्पर (म्यादी) अरुणकुमार गुरुङविरुद्ध विद्युत् महसुलबापतको आठ लाख ७३ हजार पाँच सय ४२ रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले सोमबार मुद्दा दायर गरेको हो ।
गुरुङले आर्थिक वर्ष ०६८/०६९ र २०६९/०७० मा उक्त रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ग्राहकले महसुल बुझाए पनि बक्यौता देखिएपछि अख्तियारमा उजुरी परेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK