- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबी बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंकलाई १००ः८५ को स्वाप अनुपातमा प्राप्ति गर्ने भएको छ । एनएमबीले केहि समयअघि ओम डेभलपमेन्ट बैंकलाई पनि अक्वायर (प्राप्ति) गरेको थियो । सोही अनुसार बैंकले कमजोर उपस्थिति रहेको सुदुरपश्चिममा बलियो बन्ने उद्देश्यका साथक कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिको सम्झौता गरेको छ ।
हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९८ करोड रहेको छ । कञ्चन डेभलपमेन्ट बैंकको मुख्यालय कञ्चनपुरको महेन्द्रनगरमा रहेको छ । उक्त बैंकले अहिले कैलाली, कञ्चनपुर, बैतडी, डोटी र डडेलधुरामबाट सेवा दिइरहेको छ । बैंकका १७ वटा शाखा र ३ वटा एक्सटेन्सन काउण्टर रहेका छन् । हाल कञ्चनमा १८१ कर्मचारी रहेका छन् । एनएमबी बैंकले ५ जिल्लामा राम्रो उपस्थिति रहेको कञ्चनलाई प्राप्ति गरी आफूलाई सुदुरपश्चिममा समेत सशक्त बनाउने रणनीति लिएको देखिन्छ ।
एनएमबी बैंकका कम्पनी सचिव ध्रवप्रसाद अधिकारीका अनुसार एनएमबी बैंक र कञ्चन डेभलपेमन्ट बैंकबीच गाभ्ने गाभिने विषयमा जेठ २५ गते सम्झौता भएको थियो ।