×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५९ जना नयाँ संक्रमित थपिएसंगै कर्णालीमा कोरोना संक्रमित १०५ पुग्यो

PRIME CA
GLOBAL IME BANK

५९ जना नयाँ संक्रमित थपिएसंगै कर्णालीमा कोरोना संक्रमित १०५ पुग्यो

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

कर्णाली

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय पाँच पुगेको छ । सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको छ ।
मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा सल्यानका २६, कालिकोटका १७ जना, दैलेखका १५ र सर्खेतका १ जना गरी ५९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमितहरु चार वर्षीया बालिकादेखि ६० वर्षीया जेष्ठनागरिक समेत रहेको जनस्वास्थ्य प्रमुख कँडेलले बताए । कर्णालीका दश जिल्लामध्ये कालिकोट र सल्यानमा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । अहिलेसम्म कर्णालीका चार जिल्लामा संक्रमित भेटिएका छन् । संक्रमित सबै भारतबाट आएका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: