काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले १ सय ३० औद्योगिक ग्राम बनाउनको लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेका छन् । आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहत गर्ने, सेजमा स्थापना भएका उद्योगलाई कर प्रणालीमार्फत प्रोत्साहन गर्ने र निर्यातमुलक उद्योगलाई पनि कर प्रणालीबाट नै प्रोत्साहन गरिने बताएका हुन् ।
मन्त्री खतिवडाले स्वदेशी कपडा उद्योगलाई प्रोत्साहत गर्ने सरकारको नीति भएको जानकारी गराए ।