×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मङ्गलबार भारतबाट आएका युवक आइसोलेसनमा भर्ना, कोरोना जाँच हुँदै

PRIME CA

मङ्गलबार भारतबाट आएका युवक आइसोलेसनमा भर्ना, कोरोना जाँच हुँदै

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

बागलुङ
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरी अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका-१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो ।
जिल्ला भित्रिएपछि उनी बागलुङ नगरपालिका-१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । ‘ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने ।
मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना सङ्कलन गरिएको र आजै पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उनको भनाइ छ । जाँचको रिपोर्ट (बिहीबार) भोलीसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: