
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण जिडिपिमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै कोरोना भाइरस र लकडाउनका कारण जिडिपि अर्थात कुल ग्राहस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने प्रारम्भिक अनुमान गरेको हो ।
केन्द्रीय बैंकका अनुसार प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा यस्तो नोक्सानी अनुमान गरिएको हो । बैंकले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गरिने बताएको छ । साथै, ब्याजदरलाई उपयुक्त स्तरमा राख्ने र प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहित गरिने बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्