
- अर्थ सरोकार सम्बाददाता
दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका ४२ हजार नागरिक जिल्ला भित्रने प्रक्षेपण गरेको छ । ती नागरिकलाई सुरक्षित क्वारेन्टाइनमा राख्नका लागि पूर्व तयारी थाल्न स्थानीय तहलाई कार्यालयले अनुरोध समेत गरेको छ ।
हरेक गाउँपालिकाले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई नेपाल आउन आग्रहसमेत गरेपछि भित्रनेको सङ्ख्या दैनिक एक हजारका दरले वृद्धि भएको छ । भारतमा कोरोनाको जोखिम बढ्दै जानु र जिल्लामा सोमबारसम्म देखिएका आठजना सङ्क्रमित सबै भारतबाट आएकामा देखिनुले स्वास्थ्य जोखिम बढेको जनाइएको छ । अहिलेसम्म जिल्लामा पाँच हजार १७३ जना आइसकेका छन् ।
जिल्ला आएकामध्ये कसैको पनि कोरोना जाँच नभएको र सिधै सदरमुकाम आउने क्रम बढेपछि जिल्ला जोखिममा परेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् । अहिले ट्रक, ट्र्याक्टर, बस र हाइसमा कोचाकोच गरेर नारायण र दुल्लु नगरपालिका, महावु, भगवतीमाई र नौमुले गाउँपालिकाका मानिस आउन थालेका छन् । यसले गर्दा सदरमुकाम दैलेख बजार अहिले ट्रान्जिट बनेको छ । मानिस ओसारपसार गर्ने सवारी साधनका चालक र सहचालकले समेत स्वास्थ्य सुरक्षा सामग्री लगाएको देखिँदैन । दैनिक दुई हजार नागरिक जिल्ला प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्