
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोनाको प्रकोप र लकडाउनको पीडामा परेका कर्मचारीहरुलाई बेतलबी विदा बस्न लगाएर आइएमइ ग्रुपले कर्मचारीमाथि ज्यादती गरेको खबर सेलाउन नपाउंदै बेतलबी बिदा बस्न तयार भएका कर्मचारीहरुलाई समेत आइएमइ ग्रुप अन्तर्गतको आइएमइ मोटर्सले ‘लात मारेको’ खुलासा भएको छ । एचआर प्रमुख सुदर्शन पाठकमार्फत विभिन्न कर्मचारीलाई पुगेको मेलमा उनीहरुलाई कम्पनीबाट निकालिएको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापतिसमेत रहेका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले केहि समयअगाडी एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिनेगरी सर्कुलर जारी गरेका थिए । अब उक्त कम्पनी अनेक बहाना गरेर एक एक गरी आफ्ना कर्मचारीहरुलाई निकाल्ने तयारीमा रहेको आइएमइका कर्मचारीहरुको दाबी छ ।
‘कम्पनीबाट सामन्ती सर्कुलर आयो । केहि समय पैसा नभएपनि जागिर छ भनेर बसियो । अव त त्यो जागिर पनि रहेन । चन्द्र ढकालले यतिसम्म गर्छन् भन्ने सोचिएको थिएन।’ एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘खै कुन बेला हो एउटा राजनीतिक पार्टीले उनलाई राष्ट्रिय भ्रष्टाचारी घोषणा गरेको सुनेको थिएँ । त्यो बेला खुब रिस उठेको थियो । अहिले त्यसको सार्थकता बुझ्दैछु ।’ उनले भने ।
एचआर विभागका सुदर्शन पाठक र चन्द्र ढकालले प्रतिक्रिया दिनै मानेनन् !
यता कर्मचारीहरुले भने यस्तो नाजुक बेलामा बेतलबी बिदा लिन लगाएर कम्पनीले सामन्ती पारा देखाएको गुनासो पोखेका छन् । यता चन्द्र ढकालले भने यस विषयमा प्रतिक्रिया नै दिन मानेनन् । यसअघि कर्मचारीहरुलाई बेतलबी बिदा बस्न दिएको बारे पनि उनले प्रतिक्रिया दिन मानेका थिएनन् । यता यस विषयमा कर्मचारी निकाल्ने मेल पठाएका एचआर विभागका सुदर्शन पाठकले पनि फोन उठाएनन् । अर्थ सरोकारलाई प्राप्त निकालिएका कर्मचारीहरुको विवरण पनि सुदर्शन पाठकले निकालिएका कर्मचारीहरुलाई सर्कुलर गरेका छन् ।
पछिल्लो समय ढकालले नेतृत्व गरेका हरेकजसो व्यापारहरु विवादमा आइरहेका छन् । आइएमइ अपराधिक काममा मुछिएको र आइएमइ पे ले जनता ठगेको बारेको समाचार हामी आगामी अंकमा प्रस्तुत गर्दैछौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्