×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु, कोरोना परीक्षण गर्न नमूना दाङ पठाइयो

PRIME CA
GLOBAL IME BANK

रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु, कोरोना परीक्षण गर्न नमूना दाङ पठाइयो

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रोल्पा ।  रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो ।
उनी  रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो । रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
ती युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: