×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(बैशाख ३१ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शंकर कुमार रायमाझी र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरबीबी मर्चेन्ट मार्फत हुने छ ।
यसका साथै, पुनर्बीमा कम्पनीको हालै बाँडफाँड भएकाे प्राथमिक सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेञ्जमा छिट्टै सूचीकृत गराउने तयारीमा आरबीबी मर्चेन्टका सीईओ प्याकुरेलले जानकारी दिएका छन् । कम्पनीले कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियाे । जसकाे बाँडफाँड चैत २६ गते बुधबार जारी रहेकाे लकडाउनकाे बीचमा भएकाे थियाे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी