×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुपाल्चोक नाकामा थप कडाइ, अत्यावश्यक पसलबाहेक अन्य पसल पूर्णरुपमा बन्द

LAXMI SUNRISE BANK

सिन्धुपाल्चोक नाकामा थप कडाइ, अत्यावश्यक पसलबाहेक अन्य पसल पूर्णरुपमा बन्द

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक । कोरोना भाइरस संक्रमणवाट सुरक्षित रहन सिन्धुपाल्चोकमा आजदेखि थप कडाइ गरिएको छ । बन्दाबन्दी केही खुकुलो भएकामा देशमा संक्रमितको संख्यामा दिनप्रतिदिन वृद्धि हुनै गएपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए । 
उनका अनुसार दोलखा जिल्लाको सिमानामा पर्ने मुढे, काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने बन्देउ, सिपाघाट र बाहुनेपाटी तथा काठमाडौँको सिमानामा पर्ने भोटेचौर नाकामा थप कडाइ गरिएको हो । दुईतीन दिनअघिदेखि केही खुकुलो भएको बन्दाबन्दीमा शहर बजारमा अनावश्यक मानिस हिँडडुल गर्न थालेपछि औषधि जस्ता अत्यावश्यक पसलबाहेक अन्य पसल पूर्णरुपमा बन्द गरिएको छ । 
यसैबीच जिल्लामा हालसम्म विदेशवाट चैतमा आएका २०६ र जिल्लामै रहेका केही शंकास्पदसहित ६४८ जनाको द्रुतगतिको परीक्षण र ३४ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यसमध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको र अरु सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा आठ जना मात्र क्वारेन्टाइनमा रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी