
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मेगा बैंक नेपाललिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा अर्ब ४५ करोड १० लाख रुपैँया खुद नाफा कमाउन सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड ६८ लाख रुपैयाँ अर्थात १९.५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब २१ करोड ८२ लाख रुपैँया मुनाफा आर्जन गरेको थियो ।
प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७५ करोड २७ लाख रुपैयाँबाट बढेर ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन मुनाफा १ अर्ब ७० करोड ५७ लाख रुपैयाँबाट बढेर २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यस्तै, बैंकको निष्क्रिय कर्जा १.४२ प्रतिशतबाट घटेर १.३२ प्रतिशतमा सीमित भएको छ। बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात १०.६७ गुणा छ।
चैत मसान्तसम्ममा बैंकले ८५ अर्ब ७ करोड रुपैँया निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप गत आर्थिक वर्षको तुलनामा ८.१२ प्रतिशत बढेको छ भने कर्जा तथा सापटी १२.७ प्रतिशत बढेको छ। १० अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९० करोड ७९ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा १३ अर्ब ७३ करोड २९ लाख रुपैयाँ रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्