×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टार्टअपहरुलाई खुसीको खबर: सरकारले ५० लाखसम्म पूँजी अनुदान दिने, अनलाइनमार्फत यसरी बुझाउनुहोस् प्रस्ताव !

LAXMI SUNRISE BANK

स्टार्टअपहरुलाई खुसीको खबर: सरकारले ५० लाखसम्म पूँजी अनुदान दिने, अनलाइनमार्फत यसरी बुझाउनुहोस् प्रस्ताव !

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय योजना आयोग मार्फत स्टार्टअप (नवप्रवर्तन) को लागि पूँजी अनुदान प्रदान गर्ने उदेश्यले प्रस्ताव आव्ह्वान गरेको छ ।  एक सार्वजनिक सूचना जारी गर्दै आयोगले अनलाइनमार्फत प्रस्तावहरु मागेको छ । कार्यविधि तथा मापदण्डमा उल्लेखित ढाचामा प्रस्ताव तयार गरी तोकिएको कागजातहरु संंलग्न गराई ३० दिनभित्र राष्ट्रिय योजना आयोगको कार्यालयमा पठाउनुहुन सूचना जारी गरिएको छ । प्रस्ताव पेश गर्न अनलाइन प्रणालीमा रजिस्टर गरी, युजरनेम र पासवर्ड बनाएर लगइन गर्नुपर्ने हुन्छ । यसको लागि आयोगले यो वेबसाइट मार्फत फारम बुझाउन आब्ह्वान गरेको छ ।
नवप्रवर्तन शुरुवाती पूँजी अनुदान सम्वन्धी कार्यविधि २०७६ तथा नवप्रवर्तन सुरुवाती पूँजी अनुदान सम्वन्धी मापदण्ड २०७७ मा व्यवस्था भए बमोजिम नवीनतम ज्ञान, सीप र क्षमता भएका आविश्कारकर्ता, उद्यमी, व्यवसायी, व्यत्ति वा संस्थालाई ५ लाखदेखि ५० लाखसम्म अनुदान दिनेगरी प्रस्ताव पेश गर्न आब्ह्वान गरिएको छ । 
कसरी बुझाउने प्रस्ताव ? 
राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको वेबसाइटमा गएर सुरुमा आफ्नो नाम, इमेल राखि दर्ता गर्नुपर्नेछ । दर्ता गर्दा राखिएको इमेलमा भेरिफिकेसन आउनेछ, त्यस लिंकलाई क्लिक गरि सुरुमा राखिएको इमेल र पासवर्ड राखेर लगइन गर्न सकिनेछ । त्यसपछि एप्लिकेशन फारम उपलब्ध हुनेछ । त्यसमा आफ्नो आइडिया, काम गर्न खोजेको विवरण, लगानीको बारेमा सम्पुर्ण जानकारी उल्लेख गरी सुरक्षित गर्नुहोस भन्ने बटनमा क्लिक गरी बुझाउन सकिनेछ । यसपछि आयोगले बुझाइएको विवरणबाट मुल्यांकन सुरु गर्नेछ । कार्यविधि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । मापदण्डको बारेमा बुझ्न यहा क्लिक गर्नुहोस । फारमको ढाचा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी