×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडक्रस सोसाइटीको सामाजिक कार्य : प्युठानका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

LAXMI SUNRISE BANK

रेडक्रस सोसाइटीको सामाजिक कार्य : प्युठानका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्व रेडक्रस दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले प्युठानका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्युठान अस्पताललाई २० थान कम्बल, १० थान बाल्टिन, २० थान स्यानिटाइजर, पाँच सय थान मास्क र २० वटा साबुन हस्तान्तरण गरिएको रेडक्रस सोसाइटीका सभापति गुमानराज पुलामीले बताए । 
जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले अस्पतालका निमित्त प्रमुख डा अमृत पन्थीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीलाई पनि पाँच-पाँच थान कम्बल, १०-१० थान स्यानिटाइजर र १०-१० साबुन हस्तान्तरण गरिएको शाखा सभापति पुलामीले बताए । रेडक्रसका पिता हेनरी ड्युनाको १९२ औँ जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष रेडक्रस दिवस मनाउने गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी