
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अष्ट्रेलियन नागरिक बोकेर नेपाल एयरलाइन्स २४ वैशाखमा अष्ट्रेलियाको सिड्नी उड्ने भएको छ ।अष्ट्रेलिया र नेपालस्थित अष्ट्रेलियन दुतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको हो । नेपालमा रहेका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरिएको हो । यसअघि नेपाल एयरलाइन्सले अष्ट्रेलियाको ब्रिस्वेनमा चार्टर्ड उडान गरिसकेको छ । उक्त समयमा अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकलाई घर फर्काइएको थियो ।
यस्तै दुतावासले नेपालबाट अष्ट्रेलिया फर्कन चाहने नागरिकलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । दुतावासका अनुसार नेपालबाट तेस्रो चार्टर्ड उडानको तयारी समेत सुरु भएको छ । यो उडान जेठ २ गते हुने बताइएको छ । उक्त उडानसमेत नेपाल एयरलाइन्सबाटै हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्