काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ नहुने बताएका छन् । निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने बताए । घिसिङले आफ्नो पार्टीले उठाएका मुद्दा कार्यान्वयन भए स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न भन्दा स्वतन्त्र उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
उज्यालो नेपाल पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पार्दै गैरदलीय निर्वाचनका लागि सरकारलाई दबाब दिने कुलमानले बताएका छन् ।
घिसिङले रास्वपाले आफ्नो घोषणापत्र र प्रतिवद्धतापत्रमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषय उल्लेख गरेको दाबी गरे । जनतासँग प्रत्यक्ष जोडिने शिक्षा, स्वास्थ्य, पूर्वाधार र दैनिक सेवा प्रवाहका विषयमा स्थानीय जनप्रतिनिधि राजनीतिक दलभन्दा जनताप्रति जवाफदेही हुनुपर्ने उनको भनाइ छ । दलीय टिकट वितरणमा आर्थिक चलखेल हुने र जनप्रतिनिधि पार्टीको निर्देशनमा चल्नुपर्ने अवस्था अन्त्य गर्न स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने उनले बताएका छन् ।
आगामी निर्वाचनअघि नै आवश्यक कानून संशोधन र नियम निर्माण गरी उक्त व्यवस्था कार्यान्वयन गर्न सरकारसँग घिसिङले माग गरेका छन् । त्यस्तै, विदेशमा रोजगारी, अध्ययन वा अन्य कारणले रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषय पनि आफ्नो पार्टीको प्रमुख प्रतिवद्धता भएको घिसिङले बताएका छन् । अघिल्लो निर्वाचनका बेला अन्तरिम सरकारसँग समयको अभाव, संसद नहुनु र कानुनी प्रक्रियाका कारण विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न कठिनाइ भएको उनको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्