काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।
पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।
जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौँ पहिलो खेल खेलिरहेको हो । जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन् । यसअघि विराटनगर चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो ।
विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्