Skip to content
LAXMI SUNRISE BANK

उपत्यकामा एकाबिहानै ‘लकडाउन’ उल्लंघन गर्ने १ हजार १६३ जना प्रहरीको नियन्त्रणमा, गरियो यस्तो कारवाही !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लकडाउन उल्लंघन गर्ने १ हजार १६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ३ सय ३८ महिलासहित १ हजार १६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
प्रहरीले काठमाडौं, ललितपुरमा र भक्तपुरबाट उनीहरु नियन्त्रणमा लिएको छ । यस्तै प्रहरीले दुई पाङ्ग्रे र चारपाङग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । सरकारले लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK