×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

PRIME CA
GLOBAL IME BANK

पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस गर्दै यस्तो आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्टेदार आननद श्रेष्ठका अनुसार न्यायाधीश भरतमणी खनालको इजलाशले थुनछेक बहसपछि उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
पूर्वसचिव भीम उपाध्यायलाई गत बुधबार प्रहरीले पक्राउ गरेको थियो । यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएपछि उनी प्रहरी हिरासतमा थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: