Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थाहरुद्वारा फागुन मसान्तसम्म ५२ अर्ब ६० करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले ५२ अर्ब ६० करोड रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले उक्त रकमको सहुलियत कर्जा प्रवाह गरेका हुन् । 
२७ हजार ५०३ ऋणीहरूलाई उक्त रकमको सहुलियत कर्जा प्रवाह गरेको हो । जसमा २२ हजार ६९१ ऋणीहरूलाई ४९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह भएको छ । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम यो रकम प्रवाह भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK