- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले नियमित पत्रकार सम्मेलनमार्फत वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएको बताएका हुन् ।
डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक रहेका छन् । उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरुसंगै निको हुनेको संख्या १६ पुगेको छ ।