×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्ची नगरको विपद् कोषमा शिक्षकहरुको ११ लाख ३६ हजार ८३९ रुपैयाँ सहयोग

PRIME CA

मेलम्ची नगरको विपद् कोषमा शिक्षकहरुको ११ लाख ३६ हजार ८३९ रुपैयाँ सहयोग

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले सुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा बाढी आउँदा हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा ठूलो धनजनको क्षति भएको थियो । बाढमिा सयौँ घर बगाउनुका साथै मानवीय क्षतिसमेत भएको थियो । मेलम्ची-६ मा रहेको तेर्से माध्यमिक विद्यालयमा समेत क्षति पुर्याएको थियो । विपद्को यस घडीमा पीडितहरुलाई सहयोग गर्नु र नगरपालिकालाई साथ दिनु कर्तव्य ठानी उक्त सहयोग गरिएको ढुङ्गानाले बताउनुभयो । उक्त कोषमा हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले एक लाख एक हजार जम्मा गरेको छ । सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको सो संस्थाले तत्कालको राहतका लागि उक्त रकम सहयोग गरेको र पछि थप रकम सहयोग गर्ने संस्थाका सचिव सुर्दशन पाण्डेले जानकारी दिनुभयो ।
संस्थाले जिल्लाका बाढी पहिरो पीडितका लागि अक्षयकोष स्थापना गरी रु दुई लाख जम्मा गरेको र हालसम्म रु पाँच लाख पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अमेरिकामा बसोबास गर्दै आएका डा दामोदर पाण्डेको समन्वयमा गो फन्ड कोष स्थापना गरी सङ्कलन गरिएको रकम प्रभावित स्थानीय तहलाई हस्तान्तरण गरिने छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: