- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रु रु जलविद्युत परियोजनाले १२.८१% ले खुद नाफा बढाएको छ । कम्पनीले १२.८१% ले बढाएर ६ करोड १३ लाख १२ हजार रुपैयाँमा कमाएको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेर १२ करोड २ लाख ९५ हजार रुपैयाँ पुगेको छ भने रिजर्भ कोषमा १२ करोड २७ लाख ५८ हजार रुपैयाँ छ ।
गत वर्ष १६ रुपैयाँ ६६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १८ रुपैयाँ ६१ पैसा पुगेको छ यस्तै प्रतिसेयर नेटवर्थ पनि ११५ रुपैयाँ २ पैसाबाट बढेर अहिले १३३ रुपैयाँ ४६ पैसा पुगेको छ । कम्पनीले केहि समयअघि प्रिमियम भाउमा आइपीओ जारी गरेको थियो ।