
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । श्रीलंकाले नेपालसहितका विभिन्न देशबाट आफ्ना विद्यार्थीलाई फिर्ता लैजान सुरु गरेको छ । नेपाल, भारत र पाकिस्तानमा रोकिएका आफ्ना विद्यार्थी लैजान श्रीलंकाले चार्टर्ड उडान गरी लैजान थालेको हो ।
श्रीलंका विदेश मन्त्रालयले विदेशमा फसेका आफ्ना विद्यार्थीको उद्धार गर्ने नीतिअनुसार यी तीन मुलुकमा विशेष उडानको व्यवस्थापन मिलाइएको हो । यस्तै श्रीलंकाले मंगलबार पाकिस्तानका लाहौर र कराँचीबाट क्रमशः ९३ र २० नागरिकको उद्धार गरेको थियो । बिहीबार र शुक्रबार श्रीलंकाले भारतका विभिन्न शहरबाट आफ्ना विद्यार्थीलाई फिर्ता लैजाने भएको छ ।
शनिबार भने श्रीलंकाले काठमाडौंबाट ९३ जना नागरिकलाई श्रीलंका फिर्ता लैजाने तालिका रहको छ । यी सबै शहरमा श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरलाइन्स उडान गर्ने भएको छ । नेपालबाट यसअघि बंगलादेश र माल्दिम्भले आफ्ना नागरिकलाई फिर्ता लगेका छन् । लकडाउन अवधिभर ४ हजारबढी व्यक्तिहरु स्वदेश फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्