×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका दुई जना कारागार चलान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका दुई जना कारागार चलान

Artha Sarokar

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – स्रोत नखुलेको भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका उनीहरुले जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो ।
भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शङ्कर सरकारलाई कारागार चलान गरिएको हो । राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत मकवानुरले उनीहरुलाई जनही १७ लाख रुपैँया धरौटी मागेको थियो । 
गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलिले हेटौंडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरोमा उक्त रकम बरामद भएपछि बालेरोसहित उनीहरुलाई पक्राउ गरेको थियो । 
कानून विपरित प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले उनीहरुलाइआवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी