×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब कसको विश्वाश गर्ने ? साल्ट ट्रेडिङ कर्पोरेशनले नै बेच्यो गुणस्तरहीन नुन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अब कसको विश्वाश गर्ने ? साल्ट ट्रेडिङ कर्पोरेशनले नै बेच्यो गुणस्तरहीन नुन

Artha Sarokar

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जुम्ला – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाले उक्त कार्यालय सिंँजा बन्द गराएको हो । गत चैत २८ गते डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो । नुनको गुणस्तर सम्बन्धमा डिपोले जवाफ नदिएको भन्दै प्रशासनले बन्द गराएको हो ।
साथै प्रशासनले गोदाममा रहेको नुन बिक्रीवितरण कार्य अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिएको थियो । इलाका प्रशासन कार्यालय, नराकोटका कामु कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाईँ, प्रनानि भूपेन्द्रबहादुर शाही तथा सिंँजा –३ का रतनबहादुर शाही, प्रेमप्रसाद उपाध्याय र सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनुका साथै भवन बाहिर रहेको ४८ बोरा नुनसमेत बिहीबार बन्द गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी