×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल नागरिक उड्डयन प्राधिकरणको सामाजिक कार्य : कोरोनासँग लड्न एक करोड सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल नागरिक उड्डयन प्राधिकरणको सामाजिक कार्य : कोरोनासँग लड्न एक करोड सहयोग

Artha Sarokar

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए । प्राधिकरणले कोभिडको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पुर्याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ । प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट ५१ लाख सात हजार सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी