- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ । बिहिबार अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै १ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई थप ६ महिना मान्यता दिने जानकारी दिएको हो ।
कोरोना भाइरस (कोभिड-१९) ले माहामारीको रुप लिएपछि सरकारले यस्तो निर्णय लिएको हो । ‘यस दूतावास र अष्ट्रेलिया र न्यूजिल्यान्डमा रहेका सबै नियोगहरुले सो अवधिमा जारी गरेका भिसाहरुको अवधि अब ६ महिनाको सट्टा १ वर्ष हुनेछ,’ अष्ट्रेलियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ।
अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी जस्ताको त्यस्तै :