- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२१ रुपैयाँ ७४ पैसा तोकेको छ । यसैगरी बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको छ । यता, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा रहेको छ ।
युरो एकको खरिददर १३३ रुपैयाँ २७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।